पहिला मलाई सरकार धेरै घास खाने अनि थोरै दुध दिने भैसी जस्तो लाग्थ्यो तर अब मलाई  सरकार र साडे उस्तै उस्तै लाग्न थाल्यो भन्या। झर्ने केही होइन तर खानलाई छोड्दैन। म सरकारको आदर गर्छु तर अब सरकार प्रति मेरो शुन्य भरोसा छ। सरकारले सताउन जानेको छ भन्ने कुरामा सत प्रतिशत विश्वस्त छु तर सरकारले आफ्नो कर्तव्य बुझेको छ भन्ने कुरामा मेरो ठूलो अन्योल छ।
हाम्रो समाजकोलागि प्रार्थना गरौँ जसरी छोराछोरी विग्रिनुमा घरको ठूलो भूमिका हुन्छ त्यसरी नै नेता विग्रिनुमा समाजको ठूलो भूमिका हुन्छ।
म नेपालमा हुँजेल मलाई सिकाएको एउटा ठूलो भ्रमचाहिँ पश्चिमी मुलुक छाडा मुलुक हुन् भन्ने हो। तर मलाई जावलाखेलको औषधी पसलमा मेरो छोरी लिएर औषधी किन्न जान हिजकिज लाग्छ। किनकि त्यहाँ अस्थाइ साधनहरू अस्लिल दृश्यमा सजिएका हुन्छन्। मलाई अमेरिकाको कुनै पनि पसलमा मेरो छोरी लिएर जान अप्ठ्यारो पर्दैन। यहाँ निश्चित ठाउँमा यौन बजार तोकिएका हुन्छ जहाँ बालबालिका निषेध गरिएको हुन्छ।
देशको यो हालतको एउटा मुख्य कारण मलाई लाग्छ हाम्रो समाजको ढोङ्गीपन हो। छोराछोरीदेखि चिढिँदैमा बुवाआमाको कर्तव्य सिदिदैन। त्यसरी नै नेतालाई गाली गर्दै समाजको जिम्मेवारी टुँगिदैन। समाजबीदहरूसँग मेरो सवाल छः कुन दर्शन र सिद्धान्तमा समाज सप्रन्छ? संसारका प्रगतिसिल समाजहरूले कुन दर्शन र सिद्धान्त अपनाएका छन्? कुनचाहिँ दर्शन र सिद्धान्तमा मानिसलाई समान नजरले हेरिन्छ? कुन दर्शन र सिद्धान्तमा बलिया बलिया बाँच्छन् र दुब्लो पातलो मर्छन्? कुन दर्शन र सिद्धान्तमा कम्जोरलाई बलियाले साथ दिन्छन्? सरकारको जरा समाज हो अनि समाजको जग कहाँ छ?
देश बनाउन हिन्दु राष्ट्र हुनुपर्छ भन्नेहरूलाई मेरो सवाल छः कुन देशको कुरा गर्नुभएको? कुन समाजको कुरा गर्नुभएको? मानिसलाई विभिन्न वर्गमा विभाजन गरेर हेरिने समाज? तपाईको चुलोमा अर्को व्यक्तिलाई छिर्न नपाउने समाज? दलितले छोएको पानी नचल्ने तर दलितले दुहेको दुध चल्ने समाज? कसले छेकेको थियो समाजको विकाश गर्न जब नेपाल एकमात्र हिन्दु राष्ट्र भनी यूगौसम्म चिनिँदा?

  1. yo lekhni kukur chahi ko rahexa teslai thaha xaina pahila ko nepal ra ahile ko nepal ma kati fark bhae sakyo salau dekhi chaleko riwaj ho teti chito ta kaha badalinxa ta bistai feridai xa jaat paat bhanna chadi sake sala ta jastai darma chodera bideshi darma manni ta darma nai ferna man bhaya budhist darma maneko bhaya pani ta huntyo ni kur\a garxa desh ko laj pani xaina

Leave a Reply