human rights

कहिलेकाहिँ भन्न मन लाग्छ, नेता बन्न मन लागे मान्छे काट्नु, जेल जान मन लागे गाइ काट्नु। के इसाइहरू साँच्चिकै दोस्रो दर्जाको नागरित नै हुन त? के यिनीहरू अपराधीहरू नै हुन् त? यिनीहरूले आफ्नो आस्थाको बारेमा खुलेर कुरा गर्न पाइदैन?
माओ मानेर दाजु भाइ काट्न पाइयो, विज्ञान मानेर गर्भको शिशुको हत्या गर्न पाइयो, हिन्दु मानेर राज्य कोशबाट पर्व मनाउन पाइयो, के येशू मानेर प्रेम गर्न नपाइनु? रूमाल र मोजासँगै महान कथा नामक पर्चा बाडिएको थियो। चुरोट, जाडरक्सी बाडिएको थिएन। बन्दुक या पेस्तोल बाडिएको पनि होइन। विभिन्न धार्मिक आस्थाको बारेमा सिक्नु बालबालिकाको नैसर्गिक अधिकार हो। हिन्दु मित्रहरू, बुद्धिस्ट मित्रहरू, आउनुहोस्, तपाईहरूले पनि पर्चाहरू बनाएर ल्याउनुहोस् म मेरो छोराछोरीलाई पढ्न दिन्छु। मेरो स्कुलका बालिकाहरू तथा मेरो चर्चका विश्वासीहरूलाई पढ्न दिन्छु। धार्मिक पुस्तक आदानप्रदान गर्नु, वितरण गर्नु कुनै पनि हिसावमा अपराध हुन सक्दैन। ती ७ जनालाई तुरून्त रिहा गरिनुपर्छ। यो त अति नै कुण्ठित विचार र सरासर तानाशाही व्यवहार हो।
प्रार्थना गरौ यी महान ७ जना व्यक्तिहरूकोलागि, उहाँहरूको परिवारका सदस्यहरूकोलागि। उहाँहरूले परमेश्वरबाट बल र साहस पाउनुभएको होस्। प्रार्थना गरौ यस कार्यबाट पमरेश्वरको राज्य झन तीब्र बढ्न सकेको होस्।

Leave a Reply